सीसीएमसी बैठकमा कोरोना संक्रमण फैलन सक्ने क्षेत्र बन्द गर्ने विषयमा छलफल

काठमाडाैं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण दर बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले यसको नियन्त्रण र रोकथामका विषयमा छलफल तीव्र पारेको पारेको छ ।

सिंहदरबारमा आइतबार बसेको बैठकमा छिमेकी भारतलगायत देशहरूमा ओमिक्रोन भाइरसको संक्रमण दर बढ्दो रहेको र नेपालमा पनि संक्रमण दर बढिरहेकाले यसको नियन्त्रणका विषयमा छलफल भएको हो । बैठकमा कोरोना संक्रमण फैलन सक्ने क्षेत्र बन्द गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

कोरोना भाइरसको संक्रमण पनि बढ्दो क्रममा देखिएकाले विद्यालयको हिउँदे बिदा थप गर्ने तयारी सीसीएमसीले गरेको छ । नेपालमा ओमिक्रोन संक्रमितको संख्या बढेपछि यसको रोकथामको चुनौति पनि बढेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१