• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

कमल थापा भन्छन ‘समाचार सत्य हो भने उत्तरको नाकाबन्दी पनि आपत्तिजनक छ’

  • २०७८ माघ ११, मङ्गलबार ०६:०५

काठमाडौँ माघ ११ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले नेपालमाथि नाकाबन्दी जुन देशले लगाएपनि आपतिजनक हुने बताएका छन्।

सोमबार सामाजिक संजाल ट्वीटर मार्फत पछिल्लो समय चीनले नेपाली सीमामा अघोषित नाकाबन्दी लगाएको भन्ने समाचार आईरहेका छन्। यदि ति समाचार सत्य हुन् त्यो आपत्तिजनक हुने भन्दै उनले लेखेका छन ”विगत केही वर्षदेखि विभिन्न वहानामा नेपालको उत्तरी नाका बन्दप्रायः रहेको,यसबाट नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको समाचार आएको छ।समाचार सत्य हो भने यस्तो ‘अघोषित/अप्रत्यक्ष नाकाबन्दी’ अन्त्य गर्न सरकारको ध्यान जाओस्। दक्षिणको मात्र होइन उत्तरको नाकाबन्दी पनि आपत्तिजनक छ”।

विगत केही वर्षदेखि विभिन्न वहानामा नेपालको उत्तरी नाका बन्दप्रायः रहेको,यसबाट नेपाली व्यवसायीहरु टाट पल्टिने अवस्थामा पुगेको समाचार आएको छ।समाचार सत्य हो भने यस्तो ‘अघोषित/अप्रत्यक्ष नाकाबन्दी’ अन्त्य गर्न सरकारको ध्यान जाओस्। दक्षिणको मात्र होइन उत्तरको नाकाबन्दी पनि आपत्तिजनक छ

— Kamal Thapa (@KTnepal) January 25, 2022

  • २०७८ माघ ११, मङ्गलबार ०६:०५