सभामुखले एमसीसी रोकेर राख्न मिल्दैन,महाभियोग लगाएर हटाउन एमाले तयार छ:टोप बहादुर रायमाझी

काठमाडौँ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी संसदमा प्रस्तुत गर्न रोकेर राख्न नमिल्ने बताएका छन्। साथै कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोगको प्रस्ताव ल्याए आफूहरूले साथ दिने बताएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले आफूहरू सभामुख हटाउनुपर्ने पक्षमा रहेको बताए । ‘यदि कांग्रेसले सभामुखमाथि महाभियोग लगायो भने हामी साथ दिन्छौं । उहाँ विधिसम्मत् रुपमा चल्नुभएन,’ उनले भने । रायमाझीले सभामुखलाई हटाउँदा नै राम्रो हुने बताए ।

यद्यपि आफूहरूले नै अग्रसर भएर सभामुखमाथि महाभियोग लगाउनेबारे भने नसोचेको उनले बताए । ‘हामीले सभामुखमाथि महाभियोग लगाउनेबारे सोचेका छैनौं । सरकारसँग बहुमत छ । एमसीसी फेल वा पास गर्न पनि उहाँहरूसँग बहुमत छ । सभामुखमाथि महाभियोग लगाउन पनि हामीसँग बहुमत छैन । तर, सभामुखलाई हटाउँदा राम्रो हुन्छ । कांग्रेसले महाभियोगको प्रस्ताव ल्यायो भने हामी साथ दिन्छौं,’ उनले भने ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१