थपिए १७१४ संक्रमित, हालसम्म ९ लाख बढी संक्रमणमुक्त

काठमाडाैं । नेपालमा थप १ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार २ सय २५ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ३ र ३ हजार २ सय ८८ एन्टीजेन परिक्षणका क्रममा ६ सय ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ३ जनाको मृत्यु भएको छ ।

यसैगरी, थप ४ हजार ७ सय ७१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६ सय ३९ संक्रमित निको भएका छन् ।

हाल नेपालमा ५२ हजार ७ सय ८० सक्रिय संक्रमित आइसाेलेशन र १ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७