लाेकसेवा आयाेगसमक्ष सिडेनकाे ध्यानाकर्षण

काठमाडाैं । सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल (सिडेन)ले लाेकसेवा आयाेगसमक्ष ध्यानाकर्षण गराएकाे छ ।

लोकसेवा आयोग र विभिन्न सरकारी संस्थानहरुबाट पछिल्लोे समय विभिन्न संकाय का ईन्जिनियरको विज्ञापनमा ईन्जिनियरलाई छैठौँ तहमा विज्ञापन प्रकाशन गरेकाे र ‘मास्टर अफ साइन्स इन सिभिल ईन्जिनियरिङ/मास्टर अफ साइन्स इन वाटर रिसाेर्स इञ्जिनियरिङ’ उपाधीलाई नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे उपसमूहमा पहिला मान्यता दिने गरेकाेमा अहिले मान्यता नदिएको सम्बन्धमा ध्यानाकर्षण गराइएकाे हाे ।

सिडेनका अध्यक्ष उमेश थानीको नेतृत्वमा लोक सेवा आयोगको अध्यक्षलगायत सदस्यहरुलाई ध्यानकर्षण गराइएकाे हाे ।

सिडेनले उल्लेखित विषयका माग सम्बाेधन गरी ईञ्जिनियरहरुलाई उच्च मनाेबलका साथमा काम गराउन आवश्यक पहल गर्न पनि आयाेगसमक्ष आग्रह गरेकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१