दुईचार दिनमा एमसीसी पास गर्छौ: गगन थापा

काठमाडौँ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसी दुईचार दिन भित्र संसदमा लगेर पास गर्ने बताएका छन्।

एमसीसीबारे लामो समय मौन रहेका थापाले सोमबार काभ्रेको बनेपामा नेपाली कांग्रेसको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  ‘एमसीसीबारे अनावश्यक छलफल भइसकेको छ’, उनले भने, ‘छिटोभन्दा छिटो संसद्‌मा प्रवेश गराएर अनुमोदन गर्छौ।

यसअघि कांग्रेसले दुई वर्षअघि नै सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ मै गरेको एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको थियो । १४ औँ महाधिवेशनपछि गठित कार्यसम्पादन समितिको बिहीबार बसेको पहिलो बैठकले एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने निर्णय पनि काँग्रेसले गरिसकेको छ।

 

 

 

© 2023 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७