काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनको निवासतर्फ गएका छन् ।
प्रधानमन्त्री निवासमा बिहीबार साँझ भएकाे सत्तारुढ दलकाे बैठकमा सहमति नजुटेपछि उनी ओली भेट्न बालुवाटारतिर लागेका हुन् । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसदकाे अवराेध हटाउनपर्ने माग राखेका थिए ।
उनीहरु एमसीसी संशाेधनसहित पारित हुनुपर्ने अडानमा छन् । तर नेपाली कांग्रेस भने शुक्रबारकाे संसद बैठकमा एमसीसी पेश गर्ने पक्षमा छ ।
याे पनि : बिना निष्कर्ष टुंगियाे सत्ता गठबन्धनको बैठक, भाेलि बिहान पुन: बस्ने