
युक्रेनको राजधानी किभभन्दा ३० किलोमिटर दक्षिणपश्चिममा रहेको भासीलकिभ शहरस्थित तेल भण्डारमा आगो लागेको छ ।
रुसको क्षेप्यास्त्र आक्रमणबाट उक्त तेल भण्डारमा आगो लागेको हाे ।
उक्त नगरका मेयरले त्यहाँ आगलागी भइरहेको बताएकी छन् । भिडिओ फुटेजहरूमा आकाशमा आगो दन्किरहेको देखिन्छ।
एक जना युक्रेनी संवाददाताका अनुसार स्थानीय मानिसहरूलाई खतरनाक रासायनिक धुवाँबाट जोगिन झ्यालहरू लगाउन भनिएको बीबीसीले उल्लेख गरेकाे छ ।
शनिबार उक्त सहरले अघि बढिरहेका रुसी फौजको गोलाबारी र रकेट आक्रमणको प्रतिरोध गरेको थियो ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशले हार नमान्ने बताएका छन् । हालसम्म युक्रेनतर्फ २०० जनाले ज्यान गुमाएको सरकारी आँकडा छ ।