
काठमाडाैं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आइतबार ९६ हजार ६०० रुपैयाँमा काराेबार भएकाे छापावाला सुनको मूल्यमा १६ सय रुपैयाँ वृद्धि भएको हो ।
बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा १६ सय रुपैयाँ बढेकाे छ । बढेकाे मूल्यअनुसार ९७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने आइतबारकाे तुलनामा तोलामा ४५ रुपैयाँले बढेकाे छ । चाँदी आज १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।