
काठमाडाैं । सेयर बजारमा साेमबार पनि पहिराे गएकाे छ । साेमबार नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० बिन्दुमा पुगेको हो ।
साेमबार बजारमा २२७ कम्पनीको सेयर कारोबारमा सामेल भएकामा ३ अर्ब ६६ करोडको ७८ लाख कित्ता सेयर बिक्री भएको छ ।
आज सबै उपसूचक राताम्य छन् । आज १८३ कम्पनीको सेयर घट्दा ७ कम्पनीको सेयर मात्रै बढेको छ ।
तेह्रथुम पावर र सामलिङ पावरका लगानीकर्ताले १० प्रतिशत नोक्सानी व्यहोरेका हुन् ।
त्यसैगरी, दिव्येश्वरी हाइड्रोका लगानीकर्ताको पनि ८.५५ प्रतिशत गुमेको छ । मैलुङ खोला जलविद्युत् र ङादी हाइड्रोका लगानीकर्ताले पनि ६ प्रतिशत माथि गुमाएका छन् ।