• २०८३ असार १४
  • 2026 June 28, Sunday

सभामुखले राजीनामा नदिए महाअभियाेग !

  • २०७८ फागुन १७, मङ्गलबार १२:५३

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा पर्खेर बसेको बताएका छन् ।

एमसिसीबारे आफ्नो पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने कार्यक्रममा मंगलबार अध्यक्ष ओलीले सभामुख सापकोटाले राजीनामा नदिए संसदमा महाअभियोग लगाउन सक्ने बताए ।

यद्यपी अध्यक्ष ओलीले सभामुख सापकोटाको स-सम्मान बर्हिगमन आफ्नो पार्टीले चाहेको बताए ।

उनले भने ‘नेकपा एमाले एउटा जिम्मेवार पार्टी हो । सभामुखमाथि महाअभियोग ल्याउँदैन भन्ने पनि छैन । ल्याउन सक्छ । ल्याउँछ नै भन्ने पनि छैन । उहाँले राजीनामा गर्नुभयो भने नल्याउन सक्छ । हामी उहाँको राजीनामा पर्खिराखेका छौँ । स-सम्मान बर्हिगमन हुनुस् । ससम्मान हटनुस् । कमसेकम संसदले निस्काशन गर्नुपर्‍यो भन्ने नहोस् ।’

संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाको एमसीसीसँग कुनै सम्बन्ध नरहेको अध्यक्ष ओलीले स्पष्ट पारे ।

‘एमसीसीको ब्याख्यात्मक घोषणासँग कुनै सम्बन्ध छैन। यो लाज छोप्नका लागि ल्याइएको हो। व्याख्यात्मक घोषणा नेपाली जनतालाई झुक्याउने, अलमल्याउने, धोका दिने एउटा ठगी धन्दा हो। त्यो भन्दा माथि केही पनि होईन यो व्याख्यात्मक घोषणा,’ ओलीले भने।

  • २०७८ फागुन १७, मङ्गलबार १२:५३