सुनकाे मूल्य प्रतिताेला १ लाख रुपैयाँ नजिक

काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य १ लाख रुपैयाँ नजिक पुगेकाे छ । नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार सुन प्रतिताेला तोलामा १९ सय रुपैयाँ बढेकाे छ ।

महासंघले बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रुपैयाँ कायम भएको जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ थियो ।

रुस र युक्रेनबीच चलिरहेको युद्धको असर विश्वबजारमा परेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो ।

चाँदीको मूल्य पनि बुधबार प्रतितोला ३५ रुपैयाँले बढेको महासंघले जनाएकाे छ । मंगलबार तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १३ सय ७५ रुपैयाँ पुगेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१