• २०८३ जेठ २२
  • 2026 June 05, Friday

सत्ता गठबन्धनका ४ दलको बैठक बालुवाटारमा जारी

  • २०७८ फागुन १९, बिहीबार ०५:१०

काठमाडौँ ।अमेरिकी अनुदान सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन भएयता सत्ता गठबन्धनका दलबीच पहिलोपटक आज बिहीबार बैठक बसेकाे छ।

बैठक केही बेरअघि प्रधानमन्त्रीको निवास (बालुवाटार) मा सुरु भएको हो। बालुवाटार स्रोतका अनुसार एमसीसी प्रतिनिधि सभाबाट पारितपछिको परिस्थिति, आगामी बाटो, स्थानीय निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेता बैठकमा बसेका हुन्।

जारी बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायत नेता सहभागी छन्।

एमसीसी विवादकै कारण सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा अलग भइसकेको छ। अहिले गठबन्धनमा चार दल मात्र छन्।

 

 

  • २०७८ फागुन १९, बिहीबार ०५:१०