९०० रुपैयाँ बढ्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ कारोबार ?

काठमाडाैं । सुनको साताको अन्तिम दिन शुक्रबार प्रतितोलामा ९०० रुपैयाँका दरले बढेको छ ।

शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९९ हजारमा कारोबार भएको थियो ।

यसैगरी, शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ ।

चाँदीको मुल्य भने स्थिर छ । बिहीबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१