कुकुरहरु भुकिरहे, एमसीसी पास भयो : धनराज गुरुङ (भिडिओसहित)

काठमाडाैं । नेपाली कांग्रेसका नेता धनराज गुरुङ एमसीसीकाे विराेधमा उत्रिनेहरुमाथि खनिएका छन् ।

शनिबार नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय कार्यसमितिकाे आठाैँ महाधिवेशन समुद्घाटन कार्यक्रममा उनले नेपाली कांग्रेस हात्ती भएकाे र हात्ती लम्किरहेका बेला कुकुर भुकेकाे भनी एमसीसीका विराेधिमाथि खनिएका हुन् ।

उनले भने, नेपाली कांग्रेस हात्ती नै हाे । हात्ती लम्किन्छ हात्ती लम्किँदा केही कुकुरहरु भुक्छन् । केही दिनअघिमात्र नेपाली कांग्रेसरुपी हात्ती लम्किएर बानेश्वर पुग्याे । बानेश्वर पुग्दैगर्दा केही कुकुरहरु भुक्ने काम पनि भयाे । तर एमसीसी पास भयाे ।’

हेर्नुहाेस् भिडियाे :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१