
काठमाडाैं । आन्तरिक हवाइ उडानको भाडा बढेको छ । नेपाल आयल निगमले आन्तरिक हवाइ इन्धनको भाउ बढाएपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका हुन् ।
आइतबारदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको हाे ।
सबैभन्दा बढी विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले बढेको छ ।
यस्तै, काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, काठमाण्डौ–सुर्खेतको तीन सय ४५ र काठमाण्डौ–नेपालगञ्जको तीन सय ३० रुपैयाँ भाडा बढेको छ ।
हेर्नुस् कुन रुटकाे भाडा कति रुपैयाँले बढ्याे :