
काठमाडाैं । बलिउड अभिनेता सलमान खान र सोनाक्षी सिन्हाको विवाहको नक्कली फोटो सामाजिक सञ्जालमा विगत केही दिनदेखि भाइरल भइरहेको छ ।
यी फोटोमा यी दुईले गोप्य रुपमा बिहे गरेको दाबी गरिएको छ । तर यो फोटोशप गरिएको सोनाक्षी सिन्हाले प्रतिक्रिया जनाएकी छन् ।
सोनाक्षी सिन्हाले फोटोमा प्रतिक्रिया लेखेकी हुन्, ‘के तपाईं मूर्ख हुनुहुन्छ जसले वास्तविक र फोटोशप गरिएका फोटोहरूबीच भिन्नता छुट्याउन सक्नु हुन्न ?’
सलमान खान र सोनाक्षी सिन्हाले ‘दबङ’ चलचित्रबाट एकैसाथ स्क्रिन शेयर गर्दा खुबै तारिफ भएको थियो । उनीहरूको जोडी हिट भएपछि तीन भागसम्म चलचित्र बन्यो ।
भारतीय मिडिया रिपोर्टका अनुसार यतिबेला सलमान खान यूलिया वन्तुरलाई डेट गरिरहेका छन् । सोनाक्षीको नाम भने जहीर इकबालसँग जोडिएको छ ।