आजादीका अमृत महोत्सव अन्तर्गत क्रिकेट, कन्सुल जनरलको टोली विजयी

पर्सा । ‘आजादीका अमृत’ महोत्सव अन्तर्गत वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले शनिबार वीरगञ्जमा भारत-नेपाल मैत्री क्रिकेट सम्पन्न गरेकाे छ ।

क्रिकेटमा कन्सुल जनरलको टोली (CG-11) विजयी भएकाे छ । टस जितेर ब्याटिङ राेजेकाे CDO को टोली CDO-11ले ७२ रनकाे लक्ष्य प्रस्तुत गरेकाे थियाे । ७२ रनकाे लक्ष्य पछ्याएकाे CG-11 ले दुई ओभर बाँकी रहँदै लक्ष्य भेट्टाउन सफल भयाे ।

CDO-11 मा नेपालका विभिन्न सरकारी निकायका अधिकारीहरू थिए । खेलको उद्देश्य भारत र नेपालका अधिकारीहरू बीचको सम्बन्ध प्रगाढ बनाउनु र स्वस्थ स्वास्थ्यमा खेलकुदको महत्त्वलाई उजागर गर्नु रहेकाे थियाे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१