
काठमाडाैं । आइतबार सुनको भाउ प्रतितोला १ लाख रुपैयाँ भन्दा बढी भएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार तोलामा २ हजार रुपैयाँ बढेर प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १४१५ रुपैयाँ पुगेको छ । शुक्रबार प्रतितोला १३८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस १९७४ डलर हाराहारीमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा असर परेको हाे ।
महासंघका अनुसार युक्रेनमाथि रुसको आक्रमणलाई लिएर अमेरिका, बेलायत लगायत राष्ट्रसँग रुसको विवाद बढ्दा सुनको माग बढ्न गएको हो । जसले केही सातादेखि मूल्यमा असर पारिरहेको छ ।