
काठमाडाैं । नाबालिग बलात्कारकाे आरोपमा पक्राउ परेका चिनियाँ नागरिक ली झियुआन जेल चलान भएका छन् ।
पोखराकी एक नाबालिगलाई फकाएर प्रलोभनमा पारेर बलात्कार गरेको आरोप लागेका झियुआनलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको हो ।
विगत केही समययता ३३ वर्षीय झियुआनले १८ वर्षभन्दा कम उमेरकी नाबालिगलाई प्रलोभनमा पारेर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडित परिवारले दिएको जाहेरीमा गत माघ २ गते राति ८ बजेतिर नाबालिग किशोरीको कोठामा पुगेर बलात्कार गरेको उल्लेख छ ।
पीडित नाबालिगका आमाले माघ २४ गते बलात्कार आरोपमा जाहेरी दिएकै दिन प्रहरीले झियुआनलाई पक्राउ गरेको थियो ।