नेष्डो लघुवित्तको आईपीओ बाँडफाँड, २४ लाख ४९ हजार बढीकाे हात खाली

काठमाडाैं । नेष्डो समृद्ध लघुवित्तले निष्कासन गरेको सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले मङ्गलवार आईपीओको नतिजा सार्वजनिक गरेको हो ।

आईपीओमा आवेदन दिएका २५ लाख २७ हजार एक सय १ जनामध्ये गोलाप्रथाबाट शेयर बाँडफाँड गर्दा ७७ हजार चार सय ५६ जनालाई १० कित्ताको दरले र तीन जनाले थप ११ कित्ताको दरले शेयर परेको छ ।

आवेदन दिएकामध्ये २४ लाख ४९ हजार ६ सय ४५ जनालाई आईपीओ परेन । यस्तै, चार हजार एक सय १६ जनाको आवेदन रद्द भएको छ ।

नेष्डो समृद्ध लघुवित्तले फागुन ११ गतेदेखि आठ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आठ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्कासन गरेको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१