निर्वाचन आयाेगलाई ओलीकाे प्रश्न : मतपत्रमा हरियाे रंगकाे निर्वाचन चिन्ह किन ?

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र बनाउन लागेकोप्रति आपत्ति जनाएका छन् ।

उनले किन हरियाे रंग ? भनी प्रश्न समेत गरेका छन् । पार्टीनिकट महिला संघले मंगलबार आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘निर्वाचन आयोगले मत पत्रमा हरियो रंग राख्ने भयो रे, किन राख्ने ? यदि हो भने कुन हिसाबले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? कुन हिसाबले राख्ने हो ?’

ओलीले थपे, ‘सबैतिर रुखै रुख देखुन् भनेर हरियो राख्ने हो ? यदि निर्वाचन आयोगले त्यस्तो गरेको हो भने त्यो सच्याउनुपर्छ । हरियो हुँदैन ।’

आयोगले स्थानीय तहको निर्वाचनको मतपत्रको चिह्न हरियो रंगको राख्ने निर्णय सोमबार गरेको थियो ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१