थप १ सय ९४ जनामा कोरोना संक्रमण, १ को मृत्यु

काठमाडौं ।नेपालमा थप १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ६ सय ३८ पिसिआर परिक्षणका क्रममा ७४ जना र २ हजार ७ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४९ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ३ सय ४८ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ५९ हजार ८ सय १७ जना निको भएको छ । हाल नेपालमा ५ हजार ८ सय ७५ सक्रिय संक्रमित आइशोलेशन र १ सय १० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१