थप २ सय २४ जनामा काेराेना, कति छन् देशभर सक्रिय संक्रमित ?

काठमाडौं । नेपालमा बुधबार २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ हजार ९ सय ३६ पिसिआर परीक्षणका क्रममा ६८ जना र ३ हजार १ सय ५६ एन्टीजेन परीक्षणका क्रममा १ सय ५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोरोनाका कारण ११ हजार ९४९ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, थप २ सय ५१ संक्रमित कोरोना मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६० हजार ६८ जना निको भएका छन् ।

हाल ५ हजार ६ सय ९२ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१