बढ्याे सुनकाे मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार पुन: बढेकाे छ । शुक्रबार सुन तोलामा ६ सय रुपैयाँले बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ शुक्रबार तोलामा एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार कीर्तिमानी मूल्य बनाएकाे सुनकाे भाउ बिहीबार तोलाको एक लाख २ हजार रुपैयाँ कायम थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको एक लाख २ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१