
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ । आगलागीमा परी एक जनाकाे मृत्यु भएकाे छ ।
मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्ने ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको मृत्यु भएकाे हाे । आगलागीमा घाइते भएकी वृद्धाकाे उपचारका क्रममा मृत्यु भएको हाे ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ ।
स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रजिअ पोखरेलले जानकारी दिए । बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो ।