दिल्लीको गोकुलपुरी क्षेत्रमा आगलागी, सात जनाको मृत्यु

काठमाडाैं । भारतको राजधानी नयाँ दिल्लीको गोकुलपुरी क्षेत्रमा शुक्रबार राति आगलागी भएकाे छ । आगलागीमा सात जनाको मृत्यु भएको छ ।

यस क्षेत्रमा धेरै झुपडीहरू रहेका छन् । गोकुलपुरी पीएस क्षेत्रमा राति १ बजेतिर आगलागी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पीडितहरुलाई भेटेर अवस्थाको विवरण लिन गोकुलपुरी जाने बताएका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१