
काठमाडाैं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१ अंकले बढेको छ ।
केही समययता निरन्तर घटेकाे २५ सय अंकभन्दा तल आइपुगेको नेप्से आइतबार १०१ अंकले बढेर २६ सय ६७ अंकमा पुगेको हो ।
आइतबार ४ अर्ब ८७ करोड रुपैयाँ बराबरको ९० लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक १०० भन्दा बढी अंकले बढे पनि कारोबार रकम भने बढेन ।
आइतबार सबै उपसूचक हरियो बनेका छन् ।
एसियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, इमर्जिङ नेपाल लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।