विवेकशील साझाका २६ जना केन्द्रीय सदस्य पदमुक्त

काठमाडाैं । विवेकशील साझा पार्टीले २६ जना केन्द्रीय सदस्यलाई पदमुक्त गरेको छ ।

कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको भन्दै विवेकशील साझाको कार्यसम्पादन समितिले २६ केन्द्रीय सदस्यलाई जिम्मेवारीमुक्त गरेको हो ।

वागमती प्रदेश सभा सांसदसमेत रहेका पार्टीका नेता रमेश पौड्यालसहित २६ केन्द्रीय सदस्यलाई पार्टीले जिम्मेवारी भएका छन् । फागुन २९ बसेको पार्टीको कार्यसम्पादन समिति बैठकले पार्टीमा जिम्मेवारी बहन नगर्ने २६ जनाको जिम्मेवारी हेरफेर गरिएकाे प्रवक्ता शरद पाठकले बताए ।

पदमुक्त हुनेमा प्रदेश सांसद रमेश पौड्याल, केशव दाहाल, अनुषा थापा, आशुतोष तिवारी, पुकार बम, हरिशप्रसाद भट्ट, रविना अम्गाईं, सुरेश भट्ट र सुदन मानन्धर रहेका छन् ।

यस्तै, नेताहरु सुरेश अर्याल, सिर्जना खड्का, सरोज गौतम, शिशिर बन्जारा, विमल तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, कमलेश्वर पाठक, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, भरतराज पन्त, धर्म मानन्धर, मनिष खनाल, मुना अधिकारी, भुपदेव शाहलाई जिम्मेवारीबाट हटाउने विवेकशील साझाले निर्णय गरेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१