
काठमाडौं । विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक शृंखलाको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध टस हारेर फिल्डिङ गरिरहेकाे छ ।
यूएईको सारजाँह रंगशालामा नेपालले टस हारेपछि पहिले फिल्डिङ गर्ने भएको हाे । टस जितेर पपुवा न्युगिनीका कप्तान असाद भालाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालको टिमबाट सागर ढकालले एकदिवशीय अन्तर्राष्ट्रिय डेब्यू गरेका छन् । अफ स्पिनर सागरले अघिल्लो महिना चारदेशीय शृंखला अन्तर्गत ओमानसँगको खेलमा टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए ।
नेपालको प्लेइङ ११ मा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी(विकेटकिपर), आरिफ शेख, करण केसी, रोहित कुमार पौडेल, सागर ढकाल, सन्दीप लामिछाने (कप्तान) र सोमपाल कामी रहेका छन् ।