सुनकाे मूल्यमा गिरावट, प्रतिताेला १ लाखभन्दा तल

काठमाडाैं । सुनचाँदी बजारमा बुधबार सुनकाे मूल्य १ लाखभन्दा कम भएकाे छ । बुधबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला ९९ हजार ३०० तोकिएको छ ।

मंगलबार प्रतितोला एक लाख ५०० मा कारोबार भएको सुन बुधबार तोलामा एक हजार २०० रूपैयाँ घटेको हो ।

बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । मंगलबार यस्ताे सुनकाे मूल्य प्रतितोला एक लाख थियो ।

बुधबार चाँदीको मूल्य पनि घटेकाे छ । प्रतितोला १० रूपैयाँले घटेर बुधबार एक हजार ३७० मा काराेबार भइरहेकाे महासंघले जानकारी दिएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१