
काठमाडाैं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ ।
शारजाँह क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४ रन बनाउन सफल बन्याे ।
पपुवा न्युगिनीका चाल्र्स अमिनीले ८२ बलमा ७ चौकासहित सर्वाधिक ५९ रन बनाए । चाद सोपरले ७४ बलमा २ चौकासहित ३५ रन बनाए ।
बलिङतर्फ नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल र आरिफ शेखले समान एक विकेट लिए ।