
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ०७९ जेठमा गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हाे ।
अनलाइनबाट प्रश्नपत्र पठाएर तोकिएका परीक्षा केन्द्रमा नै परीक्षा सञ्चालन गर्ने बोर्डको तयारी छ । परीक्षा ९ दिनसम्म सञ्चालन गर्ने तयारी छ । बोर्डले परीक्षाको तालिका छिट्टै प्रकाशन गर्ने बताएको छ ।
गत दुई वर्ष कोभिडका कारण होमसेन्टरमा परीक्षा सञ्चालन गरिएको थियो ।