रविन्द्र मिश्रलाई मिलन पाण्डे समूहको चेतावनी : अदालतको कठघरामा चाँडै भेट हुनेछ

काठमाडौं । विवेकशील साझा पार्टीबाट निष्काशित मिलन पाण्डेको समूहले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश प्रकट गरेको छ ।

पाण्डे समूहको तर्फबाट हरिशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उक्त कारवाहीलाई कायरताको पराकाष्टा भनिएको छ ।

विज्ञप्तिमा भनिएकाे छ, ‘रवीन्द्रजी र हाम्रो भेट सर्वोच्च अदालतको कठघरामा चाँडै नै हुने नै छ । सम्मानित सर्वोच्च अदालतले मिश्रजीको पार्टीमा विधान कुल्चेर, सम्झौता च्यातेर मुलुकको संविधान र व्यवस्थामाथि धावा बोल्दै धार्मिक द्वन्द्व फैलाउने कदमहरूलाई खारेज गरेर कानुनी कारबाही गर्ने हाम्रो विश्वास छ ।’

पार्टी आधिकारिकताको विवाद सम्मानित अदालतबाट टुङ्गिनेमा विश्वस्त भएकाे पनि विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतले मिश्रजीको पार्टीमा विधान कुल्चेर, सम्झौता च्यातेर मुलुकको संविधान र व्यवस्थामाथी धावा बोल्दै धार्मिक द्वन्द्व फैलाउने कदमहरूलाई खारेज गरेर कानुनी कारबाही गर्ने हाम्रो विश्वास छ । ’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१