
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेकपा एमालेका नेता केपी ओलीलाई महाभारतकाे दुर्याेधनसँग तुलना गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री आलेले ओली र महाभारतको पात्र दुर्योधनमा कुनै फरक नभएको भन्दै आउने वैशाख ३० गतेको निर्वाचनबाट ओलीले जवाफ पाउने बताएका हुन् ।
आलेले भने, ‘अझै त्यो व्यक्तिले आउने वैशाख ३० को निर्वाचनमा ६० प्रतिशत स्थानीय तह जित्छु भन्ने घमण्ड गरेका छन् । महाभारतको दुर्योधन र नेपालको राजनेता भनाउँदो केपी ओलीमा केही फरक छैन । जनताले वैशाख ३० गते जवाफ दिनेवाला छन् ।’
पहिलोपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सार्वजनिक रुपमा खनिएका हुन् । आले अहिले नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका छन् । यसअघि उनी केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला वनमन्त्री बनेका थिए ।