तदर्थ समिति गठन गर्न माग गर्दै नेविसंघ द्वारा प्रदर्शन

काठमाडौं । कांग्रेसको भातृसंगठन नेविसंघले तदर्थ समिति गठन गर्न माग गर्दै कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् ।

सवै उमेर समूहका विद्यार्थीको प्रतिनिधित्व हुनेगरि विधान बमोजिम तदर्थ समिति गठन गर्नुपर्ने माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

उनीहरुले नेविसंघको विधान पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने आशन्न तीनवटै तहको निर्वाचनमा युवा, विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्नुपर्ने, अध्यावधिक स्ववियु निर्वाचन र नेविसंघको महाधिवेशनको ग्यारेन्टी गर्नुपर्ने माग पनि राखेका छन् । नेविसंघका नेता अनिल खनालले नेविसंघलाई थप अन्यौलमा राख्न नहुने भन्दै पार्टीको ध्यानाकर्षण गराइएको जानकारी दिए ।

प्रदर्शनपछि उनीहरुले आफ्ना मागका बारेमा पार्टी कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१