थपीए ४५ जना कोरोना संक्रमीत

काठमाडौं । नेपालमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ९ सय ७८ पिसिआर परिक्षणका क्रममा ४१ जना र १ हजार ७ सय ७४ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप १ सय ४७ जना कोरोना मुक्त हुदा हालसम्म नेपालमा ९ लाख ६३ हजार १ सय ११ जना निको भएका छन् । हाल नेपालमा ३ हजार १ सय ३५ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१