
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले दातृ निकायले चासो नदेखाए नेपाल सरकारले नै भक्तपुरको दुवाकोटमा विस्तारित वीर अस्पताल निर्माण गर्नुपर्ने बताएका छन् ।
मन्त्री खतिवडाले भक्तपुरको दुवाकोटमा वीर अस्पताल विस्तारको परियोजनाको अनुगमनका साथै स्थानीयसंग छलफल गर्दै दातृ निकायको बाटो कुर्दा अस्पताल निर्माण नै अन्यौल भएको भन्दै सरकारलै नै अस्पताल निर्माण गर्नुपर्ने र यसका लागि छलफल गर्ने बताए हो । अस्पताल निर्माणका क्रममा देखिएको स्थानीयको समस्या पनि समाधान गर्ने उनले बताए । त्यस्तै उनले पूर्णरुपमा अस्पताल निर्माण नभएसम्म दुवाकोटमा ल्याब र एक्सरे सेवा सुरु गर्ने घोषणा गरे ।
स्थानीयहरुले भने अस्पताल निर्माणका लागि सहयोग गर्न तयार हुँदा पनि राज्यले चासो नदेखाएको गुनासो गरे । स्थानीयहरुको अन्य समस्याका बारेमा पनि सरोकारवालाले कुनै चासो नदेखाउनु दुखद भएको उनीहरुको भनाई छ ।
कार्यक्रममा वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले स्थानीयको माग र सरकारको निर्देशन बमोजिम आफुहरु सेवा दिन तत्पर रहेको बताए ।