संसारका सबैभन्दा प्रदूषित राजधानी सहरको सूचीमा छैटाैँ नम्बरमा काठमाडौं

काठमाडौं । विश्वकाे प्रदूषित शहरहरुकाे राजधानीकाे सूचीमा काठमाडाैं छैटौँ स्थानमा रहेकाे छ ।

वायु गुणस्तर मापन गर्ने स्विट्जरल्याण्डको कम्पनी आईक्यू एयरले सार्वजनिक गरेको सन् २०२१ को नतिजाअनुसार विश्वका १०७ राजधानीमध्ये नेपालको राजधानी सहर काठमाडौं छैटौँ स्थानमा देखिएको हो ।

विश्वको सबैभन्दा प्रदूषित राजधानी भारतको दिल्ली बनेको छ । दोस्रो स्थानमा बंगलादेशको ढाका देखिएको छ ।

विश्वको सबैभन्दा प्रदूषित सहर भने पाकिस्तानकाे लाहाेर बनेको छ ।

त्यस्तै, चादको राजधानी नाजामेना तेस्रो, ताजिकिस्तानको दुसान्बे चौथो र ओमानको मस्काट पाचौँ स्थानमा छन् ।

विश्वको सबैभन्दा प्रदूषित मुलुक वा क्षेत्रको सूचीमा भने नेपाल १० औँ स्थानमा छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१