अब सिटामाेलकाे मूल्य बढ्ने

काठमाडौं । अब सिटामाेलकाे मूल्य बढ्ने भएकाे छ । सरकारले ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएपछि सिटामाेलकाे मूल्य बढ्ने भएकाे हाे ।

डोज र अन्तर्राष्ट्रिय मूल्यको अनुपातमा सिटामोलको नयाँ मूल्य तोकिने ‌औषधि विभागले जनाएकाे हाे ।

बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिइसकेकाे छ । यसअघि करिब ५० वर्षदेखि सिटामोल ५०० एमजीमा उत्पादन हुने गरेकाे थियो ।

औषधि व्यवस्था विभागका उच्च कर्मचारीका अनुसार ५०० एमजीको २ र ६५० एमजीको सिटामोलको मूल्य साढे २ रुपैयाँ निर्धारण गरिएको छ । नेपाल औषधि उत्पादक संघको तथ्यांक अनुसार नेपाली बजारमा बार्षिक करिब ७ करोड चक्की सिटामोलको माग हुने गरेको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१