
काठमाडाैं । पपुवा न्यूगिनीविरुद्ध कीर्तिपुर मैदानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय(ओडीआई) क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन् ।
दीपेन्द्रले १३६ बलमा ६ चौकासहित सय रन पूरा गरेका हुन् । उनी कुल १०५ बनाएर आउट भए । १४० बलमा उनले ७ चौका प्रहार गरे ।
नेपाली ओडीआई खेलको इतिहासमा शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी हुन् । यसअघि शुक्रबार पीएनजीविरुद्ध नेपालका रोहित पौडेलले १२६ रनको शतकीय इनिङ खेलेका थिए ।
त्यसअघि पूर्वकप्तान पारस खड्काले २०१९ जनवरीमा यूएईविरुद्ध ११५ रनको शतकीय इनिङ खेलेका थिए ।