
काठमाडौं । पपुवा न्यूगिनीविरुद्ध कीर्तिपुर मैदानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय(ओडीआई) क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपाले २ सय ७९ रनको बलियो लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जिते पहिला ब्याटिङ थालेको नेपालकालागि दिपेन्द्रसिंह ऐरिले उत्कृष्ट इनिङ खेले । उनी नेपालका लागि एकदिवसीय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो खेलाडी बने । दिपेन्द्रले १ सय ४० बलमा नेपालका लागि सर्वाधिक १ सय ५ रन बनाएर आउट भए ।
यस्तै, नेपालका लागि देव खनालले ५६ बल खेल्दै ७२ रन बनाए । रोहित पौडेल ३५ रन बनाए ।
भिम सार्की २६ बनाएर पभेलियन फर्किएपछि लगातार विकेट गुमाएको नेपालकालागि कप्तान सन्दीप लामिछाने क्रिजमा आएर उत्कृष्ट फिनिस गरे । उनले ९ बलमा २ चौका र १ छक्कासहित २४ रनको इनिङ खेल्दै अविजित रहे ।
पीएनजीका लागि एली नावोले सर्वाधिक तीन विकेट लिए । नोरमान भानुवा दुई तथा चाड सोपेर र चाल्र्स अमिनिले समान एक विकेट लिए ।