१५ हजार बढी रुसी सैनिक मारिएकाे युक्रेनकाे दाबी, रुस भन्छ- १३ सय ५१ सैनिककाे मृत्यु

काठमाडाैं । एक महिनादेखि युक्रेनमा जारी सैन्य आक्रमणको क्रममा आफ्ना १ हजार ३५१ सैनिकको मृत्यु भएको रुसी सेनाले बताएको छ ।

शुक्रबार युद्धको विषयमा जानकारी सार्वजनिक गरी रुसी सेनाले ४ लाख मानिसको उद्धार गरेको दाबी पनि गरेकाे छ ।

मस्कोमा प्रेस ब्रिफ्रिङको क्रममा रुसी सेनाका वरिष्ठ अधिकारीले युक्रेनमा आफ्ना ३ हजार ८३५ सैनिक घाइते भएको उल्लेख गरेका छन् ।

युक्रेनले अहिलेसम्म १५ हजारभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको दाबी गरिरहेकाे छ ।

अमेरिकी सैन्य गठबन्धन नेटोले भने ७ हजारदेखि १४ हजारसम्म रुसी सैनिक मारिएको हुन सक्ने उल्लेख गरेको छ ।

रुसले भने मार्च २ पछि पहिलोपटक युक्रेनमा मृत्यु भएका सैनिकको संख्या सार्वजनिक गरेको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१