पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण

शनिबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई चीनका राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेको परराष्ट्रमन्त्री डा. खड्काले जानकारी दिए ।

गएको जुलाई १० तारिखमै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएकामा कोरोना संक्रमणका कारण एक वर्षपछि सरेको हो । उक्त विमानस्थलमा आउँो वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ । यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्ने पर्यटन मन्त्रालयले जनाएको छ ।

त्यसअघि, शनिबार बालुवाटारमा प्रधानमन्त्री देउवासित विदेशमन्त्री वाङले शिष्टाचार भेटवार्ता गरेको परराष्ट्रमन्त्री खड्काले बताए । उनले नेपाल र चीनबीच विभिन्न विषयमा समझदारी भएको जानकारी पनि दिए ।

तीनदिने भ्रमणका क्रममा शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१