• २०८३ जेठ २२
  • 2026 June 05, Friday

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण

  • २०७८ चैत १२, शनिबार १४:२०

शनिबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई चीनका राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीले पोखरा विमानस्थलको साँचो हस्तान्तरण गरेको परराष्ट्रमन्त्री डा. खड्काले जानकारी दिए ।

गएको जुलाई १० तारिखमै निर्माणको काम सकेर हस्तान्तरण गर्ने भनिएकामा कोरोना संक्रमणका कारण एक वर्षपछि सरेको हो । उक्त विमानस्थलमा आउँो वैशाखदेखि परीक्षण उडान गर्ने लक्ष्य राखिएको छ । यस विमानस्थलमा बोइङ ७५७ र एअरबस ३२० सम्मका विमान उडान तथा अवतरण गर्न सक्ने पर्यटन मन्त्रालयले जनाएको छ ।

त्यसअघि, शनिबार बालुवाटारमा प्रधानमन्त्री देउवासित विदेशमन्त्री वाङले शिष्टाचार भेटवार्ता गरेको परराष्ट्रमन्त्री खड्काले बताए । उनले नेपाल र चीनबीच विभिन्न विषयमा समझदारी भएको जानकारी पनि दिए ।

तीनदिने भ्रमणका क्रममा शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

 

  • २०७८ चैत १२, शनिबार १४:२०