
काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ३ हजार ७ सय ८० पिसिआर परीक्षणका क्रममा १५ जना र १ हजार ४ सय ४२ एन्टीजेन परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप २ सय १५ संक्रमित कोरोनामुक्त भउका छन् ।
हाल नेपालमा १ हजार ५ सय ५८ सक्रिय संक्रमित आइसोलेशनमा छन् ।