स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

काठमाडाैं । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ ।

निर्वाचन आयोगको आजको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्य १८३ मतदाता कायम गरेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता सात लाख १५ हजार २२३ भएको जिल्ला मोरङ हो भने सबैभन्दा कम छ हजार ४१६ मनाङमा मतदाता छन् । धेरै मतदाता हुने जिल्लामा मोरङ, झापा र काठमाडौं छन् भने थोरै हुनेमा जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा छन् ।

मतदाता नामावलीमा नाम समावेश भएका आगामी वैशाख २९ गते १८ वर्ष उमेर पुगेका मतदाताले मतदान गर्न पाउने यसपटक नयाँ व्यवस्था गरिएको छ ।

उक्त निर्वाचनका लागि मतदानस्थल १० हजार ७५६ र मतदान केन्द्र २१ हजार ९५५ कायम गरिएको उनले जानकारी दिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१