
काठमाडाैं । युक्रेनले राजधानी सहर किभको आसपासको क्षेत्रबाट रुसी सेना भागेर फिर्ता गएको दाबी गरेको छ ।
युक्रेनी सेनाका शीर्ष अधिकारीले आइतबार ठूलो नोक्सानीपछि रुसी सेनाका दुई समूह बेलारुसतर्फ फिर्ता गएको दाबी गरेका हुन् ।
त्यस्तै, युक्रेनले पछिल्लो समय निकै कम मात्रामा मात्र रुसी सेना युक्रेनतर्फ आइरहेको बताएको छ ।
त्यस्तै, बेलायतको रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले युक्रेनको काला सागरको समुद्री मार्ग रोकेको छ। गत साता रुसले आफूहरु अहिले युक्रेको पूर्वी भागमा केन्द्रित रहेर सैन्य आक्रमणको तयारीमा रहेको बताएको थियो ।
तर, त्यसयता पनि युक्रेनका प्रमुख सहरमा भइरहेको आक्रमण भने रोकिएको छैन ।