थपिए २१ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार १ सय ५२ पिसिआर परिक्षणका क्रममा १५ जना र १ हजार १ सय ५७ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै सोमबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ३ सय १९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार १ सय ४२ जना निको भएका छन् । हाल नेपालमा १ हजार २ सय ५४ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१