टर्कीका राष्ट्रपति द्वारा रुस र युक्रेनलाई ‘त्रासदी अन्त्य गर्न’ आग्रह

काठमाडाैं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार इस्तानबुलमा वार्ताको आयोजना गर्दै रुसी र युक्रेनी प्रतिनिधिमण्डललाई ‘यस त्रासदीको अन्त्य गर्न’ आग्रह गरेका छन् ।

इस्तानबुलको डोल्माबासे दरबारमा आयोजित आमनेसामने भएकाे वार्तामा युद्ध अन्त्य गर्ने अपेक्षा गरिएको छ । जारी द्वन्द्वमा २०,००० मानिसहरूलाई मारिएका छन् भने १० लाख भन्दा बढी विस्थापित भएका छन् ।

सोमबार टर्की पुगेका दुई देशका प्रतिनिधिमण्डलले भिडियो कन्फरेन्सबाट धेरै चरणको वार्तापछि प्रत्यक्ष भेट गरेको यो पहिलो पटक हो । ‘दुई पक्षको चासो छ, अन्तरराष्ट्रिय समुदायलाई स्वीकार्य समाधानमा पुग्न सम्भव छ,’ एर्डोगानले भने ।

उनका अनुसार,’यस त्रासदीको अन्त्य गर्ने दुई पक्षमा निर्भर छ,’ उनले जोड दिदै भने, ‘द्वन्द्वको निरन्तरता कसैको हितमा छैन’।

टर्कीले मार्च १० मा युक्रेन र रुसी विदेश मन्त्रीहरू बीचको पहिलो बैठक गत महिना युक्रेनको आक्रमणपछि दक्षिणी टर्कीको शहर अन्टाल्यामा आयोजना गरेको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१